गृहपृष्ठ विश्वभर ३७ लाख ९० हजार मानिस कोरोनासँग लड्दै, ५० लाख निको भए
विश्वभर ३७ लाख ९० हजार मानिस कोरोनासँग लड्दै, ५० लाख निको भए
विश्वभर ४९ लाख २१ हजार मानिस नोवल कोरोनाभाइरस (कोभिड १९) लाई जितेर घर फर्किंदा ३७ लाख ९० हजार यो रोगसँग लडिरहेका छन् । २०१९ डिसेम्बर ३१ का दिन चीनको वुहान प्रान्तबाट सुरू भएर तीव्रगतिमा फैलिएको कोभिड १९ बाट विश्वभर ९१ लाख ८६ हजार मानिस संक्रमित भएका थिए । कोरोनाबाट हालसम्म चार लाख ७४ हजार २८५ जनाको ज्यान गइसकेको छ ।
कोरोनाबाट सर्वाधिक अमेरिकामा २३ लाख ८८ हजार मानिस संक्रमित भएकोमा एक लाख २२ हजार ६१० जनाको मृत्यु भएको छ । १० लाख तीन हजार मानिस निको भएर फर्किंदा १२ लाख ६२ हजारको अस्पतालमै छन् । ती मध्ये १६ हजार ५१० जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा ११ लाख ११ हजार, रुसमा ५ लाख ९२ हजार र भारतमा ४ लाख ४० हजार मानिसलाई कोरोना लागिसकेको छ । हालसम्म ब्राजिलमा ५१ हजार ४०७, रुसमा ८ हजार २०६ र भारतमा १४ हजार १५ जनाले ज्यान गुमाएका छन् ।
बितेका २४ घण्टामा मात्रै अमेरिकामा थप ३१ हजार, ब्राजिलमा २४ हजार र भारतमा १३ हजार ५४० मानिस संक्रमित भए । यो अवधिमा मेक्सिकोमा सर्वाधिक एक हजार ४४, ब्राजिलमा ७४८, अमेरिकामा ३६३ र भारतमा ३१२ जनाको मृत्यु कोरोनाबाट भयो । २४ घण्टामा विश्वभर एक लाख ३८ हजार संक्रमित थपिए भने ३ हजार ८७८ जनाको मृत्यु भयो ।
प्रकाशित समय ०७:२० बजे

















