गृहपृष्ठ शक्ति राष्ट्रहरूलाई डब्लुएचओको आग्रह‑ महामारीलाई राजनीतीकरण नगर्नुस्
शक्ति राष्ट्रहरूलाई डब्लुएचओको आग्रह‑ महामारीलाई राजनीतीकरण नगर्नुस्
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयोसुसले महामारीलाई राजनीतीकरण नगर्न विश्व शक्ति राष्ट्रहरूलाई आग्रह गरेका छन् । ‘विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतीकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ,’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयोसुसले भने ।
अझै पनि कोरोनाभाइरसको संक्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको उनले बताए । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित संवेदनशीलता विश्व नेताहरुमा नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै डब्लूएचओले प्रभावकारी भूमिका खेल्न नसकेको र चीनसँग नजिक भएको भन्दै आलोचना गर्दै आएका छन् । डब्लूएचओका प्रमुख गेब्रेयोसुसको भनाइ पनि ट्रम्प लक्षित नै थियो ।
गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे । ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट संक्रमित रहेको र अस्पतालहरुमा बिरामीहरुको चाप रहेको भन्दै सतर्क रहन उनले आग्रह गरे ।
प्रकाशित समय ०७:४७ बजे

















