गृहपृष्ठ चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण
चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण
चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो ।
गाओफेन- ९०५ नामक उक्त उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो । उक्त बुहुउपयोगी उपग्रहसँगै टिन्टुओ- ५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।
आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृंखलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ ।
प्रकाशित समय १७:५७ बजे

















