गृहपृष्ठ सिभिल बैंकले ल्यायो ‘प्रिमियम बचत खाता’ योजना, के के छन् फाइदा ?

सिभिल बैंकले ल्यायो ‘प्रिमियम बचत खाता’ योजना, के के छन् फाइदा ?

सिभिल बैंकले सर्वाधिक ब्याजदर दिनेगरी ‘प्रिमियम बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

बचत खाताको न्यूनतम् मौज्दात १० हजार रुपैयाँ छ । यो बचत खाता खोल्दा बैंकले ग्राहकलाई निःशुल्क इन्टरनेट बैंकिङ, एटिएम कार्ड, एसएमएस बैंकिङ सेवा प्रदान गर्नेछ । यसबाहेक बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको जनाएको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा आकर्षक ब्याज प्रदान गरिएको बैंकले जनाएको छ । साथै, बैंकले ग्राहकलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा दिने पनि जनाएको छ ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु