गृहपृष्ठ भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धीकै निरन्तरता

भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धीकै निरन्तरता

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी नै रहने भएकी छन् । पार्टीमा पूर्णकालीन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसकेपछि करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार चुनाव हारेसँगै तत्कालीन अध्यक्ष राहुल गान्धीले राजीनामा दिएपछि कांग्रेस अहिलेसम्म अन्तरिम अध्यक्षको नेतृत्वमा चल्दै आएको छ । धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न सकेन ।

सोमबार बेलुकासम्म चलेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वबारे छलफल भए पनि चयन गर्न नसकेकाले सोनियाले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने नेता के एच मुनियाप्पाले जानकारी दिएको सञ्चारमाध्यममा उल्लेख छ ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु