गृहपृष्ठ भारतमा एकै दिनमा थपिए ७७ हजार संक्रमित
भारतमा एकै दिनमा थपिए ७७ हजार संक्रमित
भारतमा एकै दिनमा मात्रै करिब ७७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार गएको २४ घण्टामा मात्रै ७६ हजार ८२६ जनामा संक्रमित थपिएका हुन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगेको हो ।
त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ । बिहीबार मात्रै भारतमा एक हजार ६५ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म भारतमा २५ लाख ८३ हजार ६३ संक्रमितहरु संक्रमणमुक्त भएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै ७ लाख ३९ हजार ८१८ संक्रमितको भने उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
प्रकाशित समय ०७:०० बजे

















