गृहपृष्ठ बेलायतको बर्मिङघममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते
बेलायतको बर्मिङघममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते
स्थानीय प्रहरीद्वारा नियन्त्रित घटनास्थल ।
बेलायतको बर्मिङघम सहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ ।
इंगल्याण्ड राज्यको दोस्रो ठुलो सहर बर्मिङघममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।
‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मध्य राति करिब १२ः३० बजे बर्मिङघम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।’ उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयंकर ठूलो घटना’ भएको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
तर आक्रमणका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पठाउने तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपतकालीन सेवाहरूलाई घटनास्थलमा उपलब्ध गराइएको प्रहरीले बताएको छ ।
बेलायती टेलिभिजन च्यानलमार्फत् सार्वजनिक घटनास्थल वरपरको दृष्यमा प्रहरीले घेराहाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ ।
घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी तथा अनुसन्धान अधिकारी घटनास्थलमा तैनाथ रहेका तर अहिल्यै घटनाबारे थप सूचना दिइहाल्न असम्भव भएको प्रहरीले बताएको छ । अहिले नै घटनाको प्रकृति र कारणबारे अनुमान गर्नु ठीक नहुने प्रहरीले बताएको छ । (रासस)
प्रकाशित समय १४:४२ बजे

















