गृहपृष्ठ कोरोनाबाट विश्वभर १२ लाख ३९ हजारको मृत्यु
कोरोनाबाट विश्वभर १२ लाख ३९ हजारको मृत्यु
विश्वभर १२ लाख ३९ हजारभन्दा बढीको कोरोनाभाइरसका कारण ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो कुल संक्रमितको २.५२ प्रतिशत हो ।
बितेका २४ घण्टामा विश्वमा ८ हजारले ज्यान गुमाएका छन् भने ६ लाख ४ हजार संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख ३१ हजार नाघेको छ ।
त्यस्तै विश्वभर ३ करोड ४९ लाख ८३ हजार जनाले कोरोनालाई जितेका छन् । यो कुल संक्रमितको ७१.३४ प्रतिशत हो । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २८ लाख ८ हजार छ, जुन कुल संक्रमितको २६.१२ प्रतिशत हो ।
सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको अमेरिकामा शुक्रबारसम्म २ लाख ४० हजारको ज्यान गएको छ भने ९९ लाख १९ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकापछि भारतमा ८४ लाख ११ हजार संक्रमित भेटिएका छन् भने १ लाख २५ हजारको मृत्यु भएको छ ।
प्रकाशित समय १०:५५ बजे

















