गृहपृष्ठ अफगानिस्तानमा बम विस्फोटमा परेर एक पत्रकारको मृत्यु
अफगानिस्तानमा बम विस्फोटमा परेर एक पत्रकारको मृत्यु
फाइल तस्बिर ।
बिहिबार अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट एक रेडियो पत्रकारको ज्यान गएको छ ।
केही दिन अघि मात्र अफगानिस्तानमा एक पत्रकारको बम बिस्फोटबाट ज्यान गएको थियो । बिहिबार फेरी अर्को एकजनाको ज्यान गएको हो । प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम बिस्फोटमा मृत्यु भएको हो । अफगानिस्तानका सञ्चारकर्मीहरुले दुवै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको बताएका छन् ।
हेल्मन्डका पत्रकार जावेद तनविरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताए । नोभेम्बर ७ मा काबुलमा समाचार प्रस्तोता यामा सियावाशको माक्रोरायान-ए-चर इलाकामा बम बिस्फोटमा ज्यान गएको थियो ।
उक्त बम बिस्फोटमा सियावाशसहित अरु दुई व्यक्ति मारिएका थिए । उनीहरु अफगान केन्द्रीय बैंकको एउटा सवारी साधनमा सवार थिए । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारको शान्तिवार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरुमा कमी आएको छैन । (एजेन्सी)
प्रकाशित समय १३:२३ बजे

















