गृहपृष्ठ बोरिङ धसाउँदा २०० फिटमाथिसम्म धुलोको मुश्लो

बोरिङ धसाउँदा २०० फिटमाथिसम्म धुलोको मुश्लो

Dhulo Muslo_NewsKarobar

राजधानीको बुढानीलकण्ठ नगरपालिका-९ सुकेधारामा नयाँ घर निर्माणका क्रममा पानीका लागि बोरिङ धसाउँदा जमिनमुनिबाट निस्केको ग्यासको दबाबले धुलोको मुश्लो देखिएपछि स्थानीयवासी त्रसित भएका छन् ।

बोरिङ धसाउँदा धसाउँदै ग्यासको दबाबले आफूलाई २० फिट पर फ्याँकिदिएको बोरिङ मिस्त्री जुगेश्वर रायले बताए । मुनिबाट निस्केको ग्यासका दबाबले ढुंगा, बालुवाको लेदो २०० फिटमाथिसम्म उडेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

दुई वटा घरका बीचमा धसाइ रहिएको बोरिङबाट ग्याससहित धुलोको मुश्लो निस्केपछि छिमेकीहरू त्रसित भएका हुन् । यसअघि पनि बुढानीलकण्ठ-१० को कपन, मिलनचोक, आकासे धारा क्षेत्रका केही ठाउँमा बोरिङ गरिँदा यस्तै किसिमको ढुंगा, गेग्र्यान, हिलो मिश्रित मुश्लो देखिने गरेको बोरिङ मिस्त्रीहरूले बताएका छन् ।

यसरी बोरिङ गरेको ठाउँमा ग्यास निस्केपछि प्रहरीले घर निर्माण भइरहेको क्षेत्रमा पुगेर स्थानीयवासीलाई सावधानी अपनाउन अनुरोध गरेको सुकेधारा प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक यामबहादुर थापाले बताए ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु