गृहपृष्ठ नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

सांकेतिक तस्बिर

नयाँ वर्ष सन् २०२१ को पहिलो दिन संसारभर तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । ‘हजारौँ नयाँ सुन्दर बालबालिकालाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,’ कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भनेका छन् ।

‘गत वर्ष सन् २०२० सबैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाका लागि झनै चुनौतीपूर्ण भएको थियो तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो,’ फोयौजातद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोम्बोडियामा मात्रै जनवरी १ का दिन ९७१ जना जन्मिएका छन् । अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले बताए ।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविष्य सुनौलो बनाउन युनिसेफले पनि सक्दो सहयोग गर्ने उनले आश्वासन दिए । युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको वक्तव्यमा उल्लेख छ ।

सन् २०२० मा युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो । विशेष गरेर दूर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु