गृहपृष्ठ अमेरिकी संसद भवन आक्रमण : ज्यान गुमाउनेको संख्या ४ पुग्यो, ५२ जना पक्राउ
अमेरिकी संसद भवन आक्रमण : ज्यान गुमाउनेको संख्या ४ पुग्यो, ५२ जना पक्राउ
अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको तोडफोडको घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनामा गोली लागेर एकजना महिलाको पनि ज्यान गएको छ । तोडफोडको घटनामा संलग्न भएका तथा अन्य गरी अहिलेसम्म ५२ जना पक्राउ परेका छन् । तीमध्ये ४० जनाभन्दा बढी वासिङटन डीसीका मेयरले कर्फ्यू लगाएपछि पक्राउ परेका हुन् ।
अमेरिकी चुनावमा पराजित भएपछि राष्ट्रपति ट्रम्पले झेली भएको आरोप लगाउँदै पुनः मतगणना तथा मतदानको माग गरिरहेको समयमा अमेरिकी सदनमा उनका समर्थकले आक्रमण गरेका हुन् ।संसद भवनमा सांसदहरुले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनका विषयमा चर्चा भइरहेको समयमा हातहतियारसहित आक्रमण भएको हो । प्रहरीले प्रदर्शनकारीबाट ५ थान हतियार बरामद गरको छ ।
तोडफोडको घटनामा भएको लामो समयपछि राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई घर जानका लागि अनुरोध गरेका थिए । उनले समर्थकहरुलाई घर जान हनुरोध गर्दै भनेका छन्, ‘हामी तपाईहरुलाई माया गर्छौं, तपाईहरु विशेष हुनुहुन्छ ।’

प्रकाशित समय १३:१६ बजे

















