गृहपृष्ठ ब्राजिलमा कोरोना संक्रमितको दैनिक संख्या ५६ हजारभन्दा बढी

ब्राजिलमा कोरोना संक्रमितको दैनिक संख्या ५६ हजारभन्दा बढी

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २८ हजार ७९५ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना संक्रमणबाट चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एक लाख ५४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु