गृहपृष्ठ ‘युरेनियम प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म इरानमाथिको नाकाबन्दी हट्दैन’

‘युरेनियम प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म इरानमाथिको नाकाबन्दी हट्दैन’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् ।

इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने बाइडेनको अडान छ । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविकसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुपर्ने उनले बताए ।

इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तर्वार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए । त्यसलगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु