गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा माउण्ट केटु आरोही टोलीलाई १० लाख रूपैयाँ प्रदान

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा माउण्ट केटु आरोही टोलीलाई १० लाख रूपैयाँ प्रदान

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले माउण्ट केटु आरोही टोलीलाई सम्मान गरेको छ । नेपालका १० आरोहीले हिउँद याममा विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटु को गत माघ ३ गते आरोहण गरी विश्व कीर्तिमान कायम गरेको थियो । ‘क्रूरता हिमाल’उपनाम दिएको केटुलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र हिउँदमा यसको आरोहण लगभग असम्भव मानिन्छ ।

सम्मानमा कार्यक्रम आयोजना गरी बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० नेपाली आरोहीलाई १० लाख रूपैयाँको चेक प्रदान गरे । बैंकले नेपाललाई गौरवान्वित तुल्याएको भन्दै आरोही टोलीलाई धन्यवाद प्रदान गरेको छ । यो योगदानले अझ शानदार विजयहरूका लागि प्रेरणाको रूपमा काम गर्ने बैंकले विश्वास लिएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल-अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु