गृहपृष्ठ नाइजेरियामा २३ गाउँलेको हत्या

नाइजेरियामा २३ गाउँलेको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले बताए ।  प्रान्तका गभर्नर नासिर एल-रुफाईले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भर्त्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तीव्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको श्रृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन् । (रासस)

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु