गृहपृष्ठ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव हासिल गरेका शर्मा यसअघि माछापुच्छ्रे बैंकको सीईओ थिए । सनराइज बैंकको सीईओबाट जनक शर्मा पौड्यालले मंगलबार राजीनामा दिएपछि सो पद खाली थियो । पौड्यालको राजीनामा स्वीकृत गर्दै बैँकले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो । नेपाल एसबीआइ बैंकबाट करियर सुरु गरेका शर्माले ग्लोबल आईएमई, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरका छन् ।

प्रकाशित समय १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु