गृहपृष्ठ केपी ओली देशको खलपात्र हुन् : रामकुमारी झाँक्री

केपी ओली देशको खलपात्र हुन् : रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नागरिकको बोल्न पाउने हकलाई कुण्ठित बनाउन सरकारले प्रयास गरिरहेको आरोप लगाएकी छन् । संसद विघटनको विरोधमा आज नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदर्शनीमार्गमा आयोजना गरेको आमसभामा उनले प्रधानमन्त्रीले गरेका गलत कार्यको विरुद्धमा जसले पनि बोल्न पाउने बताइन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली देशको खलपात्र रहेको र खलपात्रको बारेमा बोल्दा महिला अस्मिता बेचिएको भन्न नमिल्ने तर्क गरिन् । ‘हामी व्यक्तिको लागि लडिरहेका छैनौँ । सिंगो संस्थाको लागि लडिरहेका छौँ,’ उनले भनिन् । प्रधानमन्त्री ओली ‘कागजी बादशाह’मात्र भएको भन्दै झाँक्रीले व्यंग्य गरिन् ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु