गृहपृष्ठ अमेरिकामा वातावरण संरक्षण निकायका प्रमुखले दिए राजीनामा

अमेरिकामा वातावरण संरक्षण निकायका प्रमुखले दिए राजीनामा

अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुख स्कट प्रुइटले पदबाट राजीनामा दिएका छन् । एकपछि अर्को काम विवादमा तानिएपछि उनले राजीनामा दिएका बीबीसीले उल्लेख गरेको छ ।
प्रुइटलाई राष्ट्रपति ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको हरित विरासत उल्ट्याउन भन्दै नियुक्त गरेका थिए । उनको खर्च गर्ने आचरण र स्वार्थ बाँझिएको विषय अनुसन्धानको दायरामा तानिएका थिए । उनलाई एकजना तेल उद्योगका प्रबर्द्धकसँग जोडिएको अपार्टमेन्ट अस्वाभाविक सस्तो भाडामा लिएको आरोप लागेको छ ।

आफ्नो व्यवहारमाथि प्रश्न उठाउने तल्ला तहका दर्जनौँ कामदारलाई पनि उनले दण्ड दिने गरेका थिए । एउटा ट्विटर सन्देशमा राष्ट्रपति ट्रम्पले प्रुइटले असाधारण काम गरेको टिप्पणी गरेका छन् । सन् २०१७ को फेब्रुअरी महिनामा उनी ईपीए नामक उक्त निकायको प्रमुखमा चुनिएका थिए ।
राष्ट्रपति ट्रम्पले प्रुइटपछिका वरिष्ठ अधिकारी एक जना पूर्व कोइला उद्योगका प्रवर्द्धक एन्ड्रयु व्हिलरले वातावरणीय निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी सोमवारबाट सम्हाल्ने बताएका छन् ।

प्रकाशित समय ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु