गृहपृष्ठ साइप्रसमा डुंगा दुर्घटना, १९ को मृत्यु, ३० बेपत्ता
साइप्रसमा डुंगा दुर्घटना, १९ को मृत्यु, ३० बेपत्ता

शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अन्य ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनामा परेको डुङ्गामा झण्डै १५० जना यात्रु सवार थिए । तीमध्ये एक सय जनालाई उद्धार गरिसकिएको छ । ‘दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ, २५ देखि ३० जनासम्म हराइरहेका छन्,’ एक सुरक्षा अधिकारीले भने ।
गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत अस्पताल ल्याइएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ ।
प्रकाशित समय २१:०० बजे