गृहपृष्ठ टर्कीस सरकारले संकटकाल हटाउने

टर्कीस सरकारले संकटकाल हटाउने

टर्कीस सरकारले संकटकाल हटाउने भएको छ । टर्कीको सरकारी सञ्चारमाध्यमका अनुसार दुई वर्षअघि भएको असफल ’कू’ पश्चात लगाइएको संकटकाल सरकारले हटाउन लागेको हो ।

त्यतिबेला कुनै सुनुवाई बिना नै राष्ट्रपति रिसेप तायेप एर्दोआनको आदेशमा दशौँहजार मानिसहरू पक्राउ परेका थिए । पक्राउ पर्नेमा सेना, प्रहरी, निजामति कर्मचारी, पत्रकार र शिक्षकहरू थिए । हजारौँलाई पदबाट निलम्बन गरिएको थियो र त्यसमा थुप्रै न्यायाधीशहरू पनि परेका थिए ।

एमनेस्टि इन्टरनेशनलले देशमा मानवअधिकारलाई नै कुण्ठित बनाएको संकटकाल हटाउँदैमा मात्रै त्यसले राजनीतिक उतारचढावलाई साम्य नगर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । यो महिनाको सुरुमा राष्ट्रपति एर्दोआनले नयाँ पाँच वर्षे कार्यकालका लागि थप शक्तिसहित शपथ लिएका छन् ।

चुनावी अभियानका बेला, विपक्षी उम्मेद्वारहरूले यदि आफूले चुनाव जिते पहिलो काम देशबाट संकटकाल हटाउने बताएका थिए । संकटकाल लागू भएयता १ लाख ७ हजार भन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको थियो ।

सरकारी र गैरसरकारी संस्थाको तथ्याङ्क अनुसार ५० हजार भन्दा बढी मानिसहरूलाई सुनुवाई जारी रहँदा नै जेलमा हालिएको थियो ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु