गृहपृष्ठ गर्मीका कारण जापानमा दुई सातामा १४ को मृत्यु, नौ हजार बिरामी
गर्मीका कारण जापानमा दुई सातामा १४ को मृत्यु, नौ हजार बिरामी
सांकेतिक तस्बिर
जापानमा केही दिनयता बढेको प्रचण्ड गर्मीका कारण १४ जनाले ज्यान गुमाएका छन् । दुई सातादेखि बढेको अत्यधिक गर्मीका कारण शरीरमा पानी कम भएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् ।
एक महिनादेखि बढेको गर्मीका कारण करिब ९ हजारजना बिरामी परेको जापानको स्वास्थ्य, श्रम तथा समाजकल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अस्पतालहरुमा गर्मीका कारण बिरामी हुनेहरुको चाप बढेको छ ।
घरभित्र वातानुकूलित वातावरणमा बसेका वृद्धवृद्धा र बालबालिका एक्कासि बाहिर निस्कँदा गर्मी सहन नसकेर बिरामी हुने गरेको चिकित्सकहरुले बताएका छन् । सामान्य तापक्रममा बसिरहेका बेला एक्कासि गर्मीमा ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् । गर्मी धेरै बढेपछि सामुद्रिक क्षेत्रमा मानिसहरुको भीड बढेको छ । जापानको बाहिरी तापक्रम अहिले ३६ डिग्री छ ।

प्रकाशित समय १३:५६ बजे

















