गृहपृष्ठ प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँसेर ११ गतेसम्मका लागि स्थगित भएको जनाएको हो ।

आजको बैठकमा बिमा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री डा। युवराज खतिवडाले बिमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

केसीका माग सम्बोधन गर्नुपर्ने, निषेधित क्षेत्र तोक्ने सरकारको निर्णय फिर्ता हुनुपर्नेलगायत माग राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक पनि अवरोध गर्ने जनाएको थियो ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु