गृहपृष्ठ एलेक्स सान्चेजलाई दियो अमेरिकाले भिसा
एलेक्स सान्चेजलाई दियो अमेरिकाले भिसा
स्पेनमा कर छलेको मुद्दाका कारण अमेरिका जान नपाएका म्यानचेस्टर युनाइटेडका एलेक्स सान्चेजले अमेरिकाको भिसा पाएका छन् । स्पेनमा रहेका बेला करछलीको आरोपमा १६ महिनाको जेल सजाय स्वीकार गरेकाले यसअघि भिसा प्रक्रियामा समस्या हुँदा प्रि सिजन टुरमा अमेरिका गएको म्यानचेस्टर युनाइटेडको टोलीसँग उनी जान पाएका थिएनन् ।
सान्चेज अब अमेरिका पुग्ने र प्रि सिजन टुर अन्तर्गत अमेरिकी समय अनुसार शुक्रबार हुने मेक्सिकन क्लब क्लब अमेरिकासँगको खेलमा मैदानमा हुने अपेक्षा गरिएको छ ।म्यानचेस्टर युनाइटेडले प्रि–सिजन अभ्यासको सुरुवात यहि खेलबाट गर्दैछ ।
प्रकाशित समय ०७:०२ बजे

















