गृहपृष्ठ संसदीय परीक्षामा मोदी ‘पास’
संसदीय परीक्षामा मोदी ‘पास’
भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको बहुमत साबित गरिदिएका छन् । विपक्षीहरुले ल्याएको अविश्वासको प्रस्तावमा शुक्रबार ११ घण्टा लामो छलफलपछि सरकारले आफ्नो पक्षमा बहुमत कायमै रहेको पुष्टि गरिदिएको हो ।
भोटिङपछि सदनमा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव बेअर्थी बन्यो । प्रस्तावको पक्षमा १२६ मत पर्यो भने विपक्षमा ३२५ मत पर्यो ।

भोटिङ हुनुभन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीले सदनमा उठेका प्रश्नको जवाफ दिए । विपक्षीसँग आफूलाई हटाउने एउटामात्रै मुद्दा रहेको उनले टिप्पणी गरे । मोदीले भाषण गरुञ्जेल टीडीपी र विपक्षी सांसदले नाराबाजी गरेका थिए ।
प्रकाशित समय ०६:४० बजे

















