गृहपृष्ठ डा. केसीका समर्थकले माइतिघरमा प्रदर्शन गर्दै

डा. केसीका समर्थकले माइतिघरमा प्रदर्शन गर्दै

अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको पक्षमा आज माइतिघरमा प्रदर्शन हुँदैछ । केसीको माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गर्न लागेका हुन् ।

डा. केसीका प्रतिनिधि डा. जीवन क्षेत्रका अनुसार आज हुने प्रदर्शन विशाल हुनेछ । केसी समर्थकहरुले माइतिघरमा मध्यान्ह १२ बजे भेला हुन सबैलाई आह्वान पनि गरेका छन् ।

प्रदर्शनमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की, कल्याण श्रेष्ठसहित पूर्वउपकुलपति केदारभक्तमाथेमा, नेता, लेखक, कलाकार, पेशाकर्मीलगायत सर्वसाधरण पनि सहभागी हुने भएका छन् । प्रदर्शनमा अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, डा. देवेन्द्रराज पाण्डे, श्याम श्रेष्ठलगायत पनि सहभागी हुने बताइएको छ ।

जुम्लाबाट काठमाडौँ ल्याइएका डा. केसीले अनसन थालेको आज २२ औँ दिन हो । उनको स्वास्थ्य निकै नाजुक भइसक्दा पनि माग सम्बोधनमा सरकारले चासो नदिएको भन्दै विरोधका स्वर बढ्न थालेको छ । सरकारले वार्ता टोली गठन गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । टोली गठनकै दिन भएको वार्ता निष्कर्ष विहीन भएको थियो । त्यसपछि पुनः वार्ता बस्ने अनिश्चित बनेको छ ।

प्रकाशित समय ०६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु