गृहपृष्ठ राहुल गान्धी र नरेन्द्र मोदीको अंकमालमा तान्त्रिक ‘ट्विस्ट’
राहुल गान्धी र नरेन्द्र मोदीको अंकमालमा तान्त्रिक ‘ट्विस्ट’

हालै भारतीय संसदमा एउटा अनपेक्षित घटना घट्यो । अविश्वासको प्रस्ताव सामना गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तारुढ शिव सेनाले ‘नो भोटिङ’को निर्णयले जति धक्का दियो सम्भवतः त्यो भन्दा ठूलो धक्का प्रमुख प्रतिपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको अंकमालले दियो ।
सन् २०१९ मा भारतमा निर्वाचन हुँदैछ । विश्लेषकहरुले उक्त निर्वाचनपश्चात पनि भारतीय प्रधानमन्त्रीमा मोदीलेनै निरन्तरता पाउने विश्लेषण गरेका छन् । अर्कातर्फ मनमोहन सिंहले २ कार्यकाल प्रधानमन्त्री चलाएपछिको निर्वाचनमा ठूलो झड्का खाएको कांग्रेस आईले सन् २०१४ को निर्वाचनमा प्रप्त परिणामलाई केही सुधार गर्ने विश्वास पनि धेरैको छ । तर, त्यसले कांग्रेस आईको चाहना अनुसार राहुल गान्धीलाई सत्ताको सिढीँ चाढाउन सक्नेमा भने धेरैले शंका गरेका छन् ।
प्रसँग हो भारतीय संसदको, जहाँ प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुँदै थियो । सो क्रममा राहुल नबोल्ने कुरा थिएन । राहुलले केही समय पहिले के पनि भनेका थिए भने, ‘जब म बोल्न थाल्छु त्यसबेला संसदमा भूकम्प आउँछ ।’
राहुलले संसदमा बोल्दा मोदीको आलोचना त गरे तर, आफ्नो भाषण टुंग्याएलगत्तै प्रधानमन्त्रीसँग अंकमाल गरे । यसले धेरैलाई अचम्मित तुल्यायो । आखिर के त्यस्तो रहस्य छ जसका कारण राहुल मोदीसँग अंकमालका लागि लालयित भए । आफ्नो भाषणका क्रममा राहुलले मोदीको प्रशस्त आलोचना गरेकाले पनि यो विषय अचम्मित पार्ने नै थियो ।
तर, यस प्रसँगमा सत्तारुढ भारतीय जनता पार्टीका एक नेताले यस विषयमा अझ रहस्यपूर्ण प्रतिक्रिया दिएका छन् । दिल्ली भाजपाका प्रवक्ता तञ्जिदर पाल सिंह बग्गाले राहुलको त्यो कार्यका पछि तान्त्रिकको सुझावले निर्णायक भूमिका खेलेको प्रतिक्रिया दिएका छन् । राहुलले प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्न मोदीसँग अंकमाल रहेको बग्गाको आरोप छ ।
तान्त्रिकले राहुललाई आफ्नो भाषणपछि ‘प्रधानमन्त्रीको कुर्सी छुनु’ भनेकाले उनले त्यसो गरेको बग्गाको आरोप छ । राहुलले कुनै न कुनै रुपमा प्रधानमन्त्रीको कुर्सी छुनु नै थियो, त्यसका लागि उनले अंकमालको उपाय अबलम्बन गरे । बग्गा भन्छन्, प्रधानमन्त्रीसँग अंकमाल गर्न पुगेका राहुलले त्यसबखत प्रधानमन्त्रीको कुर्सी छोएका थिए ।
तान्त्रिकले कुर्सी छोएमा राहलुको प्रधानमन्त्री हुने सम्भावना बलियो हुने बताएको बग्गाले दावी गरेको भारतीय अनलान अमर उजालाले लेखेको छ । उक्त अनलाइनले के तान्त्रिकको भनाई अनुसारनै प्रधानमन्त्रीसँग अंकमाल गरेका थिए ? यो विषय प्रष्ट पार्नुपर्ने बग्गाले बताएको पनि उल्लेख गरेको छ ।
प्रकाशित समय १७:३९ बजे