गृहपृष्ठ डा. केसी पक्षसँगको वार्ता सकारात्मक
डा. केसी पक्षसँगको वार्ता सकारात्मक
डा. जीवन क्षेत्री
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङ र अनसनरत डा. गोविन्द केसी पक्षबीच भएको छलफल सकारात्मक रुपमा सकिएको छ ।
नेम्वाङसँगको पहिलो चरणको छलफल सकारात्मक भएको केसीका तर्फबाट सहभागी डा. जीवन क्षेत्रीले बताएका छन् । करीब १ घण्टा सम्म भएको छलफलमा चिकीत्सा शिक्षा विधेयकमा केन्द्रित रहेको क्षेत्रीले न्युज कारोबारलाई जानकारी दिएका छन् ।
डा. केसीको मुख्य माग नै विधेयकमा छ तर विधेयकमा रहेको माग नै हटाईएपछि केसी अनसन बसेका हुन । सबै बिषयमा छलफल भएको र पुनः अर्को छलफलमा सबै कुराको टुङ्गो लाग्ने क्षेत्रीले बताएका छन् ।
प्रकाशित समय १७:१८ बजे

















