गृहपृष्ठ जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन
जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन
मुगावेले आफ्नै पार्टीका उम्मेदवारलाई समर्थन गरेनन्
अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन भइरहेको छ । पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाब्बेमा निर्वाचन हुन लागेको हो । मुगाबेले ३७ वर्षसम्म सरकार चलाएका थिए । नयाँ नेतृत्वका लागि विँबाबेका नागरिकले अहिले मतदान गरिरहेका छन् ।
मुगाबेकै पार्टी सत्तारुढ पीएफले हालका राष्ट्रपति इमरसन मनंगाग्वालाई उम्मेदवार बनाएको छ । तर अपदस्थ मुगावेले भने आफ्नै पार्टीका उम्मेदवारलाई समर्थन नगर्ने बताएका छनु । चुनावको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी इमरसनलाई समर्थन नगर्ने आश्चार्यजनक घोषणा गरेका छन् ।
मुगाबेले प्रमुख विपक्षी दल एमडीसीका उम्मेदवार नेल्सन चामिसालाई समर्थन गर्ने पत्रकार सम्मेलन मार्फत नै घोषणा गरिसकेका छन् । मुगावेको यो घोषणालले जिम्बाबेमा चुनावी हारजीतको चर्चा चुलिएको छ । जिम्बाब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे आफैंले जन्माएको पार्टीविरुद्ध उभिएपछि निर्वाचनले रोचक मोड लिएको छ । मुगालेले उनका नजिकका सहयोगी तथा हालका राष्ट्रपति इमरसनलाई सघाउने अनुमान गरिएको थियो । तर उनले आमअपेक्षा विपरित निर्वाचनको पूर्वसन्ध्यामा सहयोग गर्न नसकिने घोषणा गरेका छन् ।
आफूलाई राष्ट्रपतिबाट अपदस्थ गराउन भूमिका खेलेको बदला उनले निर्वाचनमार्फत लिन लागेको रुपमा यसको विश्लेषण गरिएको छ । उनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘मलाई विगतमा जसले सतायो, दुःख दियो उसैलाई मत दिन सक्दिनँ ।’
३७ वर्षसम्म जिम्बाब्बेमा शासन गरेका मुगाबे अहिले पनि शक्तिशाली मानिन्छन् । उनका समर्थक अहिले पनि उत्तिकै छन् । निर्वाचनको संघारमा पत्रकार सम्मेलन गर्दै मुगाबेले गरेको निर्णयले परिणाममा बदलाव आउन सक्ने विश्लेषण भइरहेको छ ।
आज भएको मतदानको परिणाम ५ दिन भित्र आउने बताईएको छ । मतदान पूर्व भएका निर्वाचन अभियानहरु शान्तिपूर्ण रहेको बताईएको छ । पाँच वर्ष अघि भएको निर्वाचनमा भने हिंशाका घटना भएका थिए भने निर्वाचन परिणामलाई लिएर पनि संघर्ष भएको थियो ।
प्रकाशित समय ०९:५२ बजे