गृहपृष्ठ प्रजातान्त्रिक कानुन व्यवसायी संघमा अधिकारी

प्रजातान्त्रिक कानुन व्यवसायी संघमा अधिकारी

नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसनको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीको संगठनमा दुई जना प्रतिस्पर्धीलार्इ पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

अधिकारीले सिताराम केसी र रामकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । अधिकारीले ४ सय ३१ मत ल्याउँदा केसीको पक्षमा ३ सय ३४ र श्रेष्ठले ४२ मत ल्याएका थिए । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला विजयी भएका छन् । सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल विजयी भएका छन् ।

सातवटै प्रदेशका उपाध्यक्षहरुमा प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश ७ मा वीरबहादुर जेठारा विजयी भएका छन् ।

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु