गृहपृष्ठ सिरियामा बम विस्फोटमा ३९ को मृत्यु
सिरियामा बम विस्फोटमा ३९ को मृत्यु

सिरियाको इड्लिब प्रान्तमा बम विस्फोटमा परि ३९ जनाको मृत्यु भएको छ । विद्रोहीको नियन्त्रणमा रहेको सो प्रान्तको एक भवनमा बम विस्फोटमा परि १२ जना बालबालिका सहित ३९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विस्फोटबाट भवन ध्वस्त भएकाले धरै मानिस घाइते भएको र हराइरहेको छन् । हराइरहेकाको खोजी भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
प्रकाशित समय ०८:२१ बजे