गृहपृष्ठ स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई
बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । मोरक्कोमा गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरुवाती अग्रता सेभियाले लिएको थियो । सेभियाका लागि पाब्लो साराबियाले गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम समयमा बार्साले खेल बराबर बनायो । उसका लागि जेरार्ड पिकेले गोल गरेका हुन् । बार्साको लागि खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गर्दै खेल दोब्बर बनाए । लगत्तै सेभियाले पेनाल्टी मार्फत खेल बराबरी बनाउने मौका पायो । सेभियाका डेयरको प्रहार टेरस्टेगनले रोकेपछि उपाधि बार्सिलोनाले हात पार्न सफल भएकाे हाे ।
प्रकाशित समय ०८:०६ बजे

















