गृहपृष्ठ फिलिपिन्समा शक्तिशाली आँधी, १४ को मृत्यु

फिलिपिन्समा शक्तिशाली आँधी, १४ को मृत्यु

phillipine-strom

फिलिपिन्समा शनिबार आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु भएको छ । आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।

आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन द्विप तहसनहस बनाएको छ । कयौं घरका छत उडेका छन्, रूखहरू ढलेका छन् भने ४२ ठाउँमा जमिन भासिएको छ । लुजोन द्विपबाट आँधी चीनतर्फ अघि बढेको बिबिसीले जनाएको छ ।

विश्व मौसम विज्ञान संगठनले धेरै वर्षपछि यति शक्तिशाली आँधी आएको बताएको छ ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु