गृहपृष्ठ भारतलार्इ हराउँदै साफ च्याम्पियनसिपको उपाधि विजेता बन्यो माल्दिभ्स

भारतलार्इ हराउँदै साफ च्याम्पियनसिपको उपाधि विजेता बन्यो माल्दिभ्स

बाह्रौं साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा शनिबार भएको फाइलनमा भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो भने माल्दिभ्सले नेपाललार्इ ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २-० ले हराएको थियो ।

भदौ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए ।

बाह्रौं संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्सले दुर्इ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले एक/एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु