गृहपृष्ठ समुद्री आँधीले दक्षिणी चीन अस्तव्यस्त, फिलिपिन्समा ६४ जनाको मृत्यु

समुद्री आँधीले दक्षिणी चीन अस्तव्यस्त, फिलिपिन्समा ६४ जनाको मृत्यु

समुद्री आँधी म्याङकुटले दक्षिणी चीनको जनजीवन कष्टकर बनेको छ ।डुबान, भारी वर्षा र तीब्र हुरीले दक्षिणी चीन अस्तव्यस्त भएको छ । करिब २५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीको गति प्रतिघण्टा १ सय ६२ किलोमिटर छ । उडानहरू रद्द छन् भने रेल सेवा ठप्प छ । पानी भरिदा मुख्य सडक सञ्जाल समेत बन्द छन् ।

ग्वाङडुङ प्रान्तमा उच्च सतर्कता अपनाउँदै घरहरू बन्द गरिएको र घरबाहिर ननिस्किन अधिकारीहरूले चेतावनी दिएका छन् । ग्वाङडुङमा मात्रै दुईजनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उता फिलिपिन्समा म्याङ्कुट आँधीले नै ६४ जनाको ज्यान लिएको छ । फिलिपिन्समा आँधीले निम्त्याएको पहिरोमा फसेकाहरूको उद्दार जारी रहेको जनाइएको छ । म्याङ्कुट हङकङ र चीनतिर अघि बढ्नुभन्दा पहिले फिलिपिन्समा वितण्डा मच्चाएको थियो ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु