गृहपृष्ठ नेपालसँगको सम्बन्धलाई नयाँ चरणमा पुर्याउन चीन इच्छुक
नेपालसँगको सम्बन्धलाई नयाँ चरणमा पुर्याउन चीन इच्छुक
चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालको राष्ट्रिय दिवसको उपलक्षका समकक्षी केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका छन् । खछ्याङले उक्त शुभकामना सन्देशमा नेपाल चीनको राम्रो साझेदार रहेको उल्लेख गरेको बताइएको छ ।
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को प्ररुपमा रहेर नेपालालई सहयोग गर्न तत्पर रहेकोसमेत उक्त शुभकामना सन्देशमा जनाइएको छ । उनले बिआरआईको प्रारुपमा सहयोगमार्फत आपसी सम्बन्धलाई नयाँ चरणमा पुर्याउन चीन इच्छुक रहेको जनाएका छन् ।
बिहिबार पठाइएको शुभकामना सन्देशमा खछ्याङले नेपालले राजनीतिक संक्रमण पूरा गरेकामा खुसी व्यक्त गर्दै विकासको नयाँ चरणमा प्रवेश हुने क्रममा शुभेच्छुक साथीको नाताले शुभकामना तथा बधाई दिएका छन् ।
प्रकाशित समय १५:२९ बजे

















