गृहपृष्ठ इरानमा सैन्य परेडका क्रममा आक्रमण
इरानमा सैन्य परेडका क्रममा आक्रमण
इरानको दक्षिण पश्चिमी शहर अहवाजमा सैन्य परेडका क्रममा हतियारधारी समूहले गोली चलाएको छ । सरकारी मिडियाका अनुसार यो आक्रमणमा कैयौँ मानिसहरु हताहत भएका छन् ।
परेड भइरहेको ठाउँमा सेनाको बर्दीमा देखिएका आक्रमणकारीले नजिकैको एउटा पार्कबाट गोली चलाएका थिए । करिब १० मिनेट गोली चलेको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै इरानी मिडियाले जनाएका छन् ।
प्रकाशित समय १३:१२ बजे

















