गृहपृष्ठ केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको सहयोग
केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको सहयोग
जनता बैंक नेपालले केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर उपकरण प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगद तथा कम्प्युटर हस्तान्तर गरेको जनाएको छ ।
एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले नगर ५ लाख रुपैयाँ, ल्यापटप पाँच थान, डेस्कटप कम्प्युटर एक थान र प्रोजेक्टर एक थान हस्तान्तरण गरे । बहिरा विद्यार्थीलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रुपमा पाँच वर्ष अघि स्थापित केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले तीन वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताएको छ । क्याम्पसमा छात्रछात्रा गरी ८९ जना बहिरा विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् ।
सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यलाई महत्वपूर्ण जिम्मेवारीका रुपमा लिएको जनता बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी सामाजिक कार्य गर्दै आएको छ । बैंकले देशैभरका १ सय २३ शाखा, ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखारहित बैंकिङबाट पाँच लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १३:२५ बजे

















