गृहपृष्ठ मेक्सिकोमा नौजना पत्रकारको हत्या

मेक्सिकोमा नौजना पत्रकारको हत्या

journalist-killed-maxico-

बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै मेक्सिकोमा सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारको संख्या नौ पुगेको छ ।

मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो ।

‘उनलाई हालैमात्र विभिन्नखालका चेतावनी र धम्की आएका थिए,’ गोमेजका सहकर्मीले नाम नबताउने सर्तमा भने । पत्रिकाले दिएको जानकारीअनुसार गोमेज याजालोन सहरका संवाददाता थिए । दुई अपरिचित व्यक्तिले उनको हत्या गरेको बताइएको छ ।

गोली प्रहार भएलगत्तै ३५ वर्षीय गोमेजलाई अस्पताल लगिएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ‘हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौं,’  पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ । सरकरी पक्षले घटनामा संलग्नको खोजी भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु