गृहपृष्ठ विदेश भ्रमणमा जानेलार्इ नबिल बैंकबाटै स्वास्थ्य बिमा

विदेश भ्रमणमा जानेलार्इ नबिल बैंकबाटै स्वास्थ्य बिमा

nabil-bank-newskarobar

नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्रहकको सुविधालाई मध्यनजर गर्दै वैदेशिक यात्रा स्वास्थ्य बिमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्ना काउन्टरबाट भिसा इन्टरनेसनल प्रि–पेड कार्ड, बैंक ड्राफ्ट र विदेशी मुद्रा सटहीजस्ता सेवाका लागि आउने ग्राहकलाई लक्षित गरी वैदेशिक यात्रा (ट्राभल) बिमा योजना सेवा पनि उपलब्ध गराउनेछ ।

यो सेवा नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको हो । यो सेवाका लागि नबिल बैंकले प्रभु इन्स्योरेन्ससँग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकले बिना झन्झट बैंकका काउन्टरबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बिमा तुरुन्त खरिद गर्न सक्नेछन् ।

विदेश यात्रा गर्ने यात्रीलाई स्वास्थ्य बिमा निकै नै उपयोगी हुनेछ । किनकि, यसले अचानक र अनपेक्षित बिरामी, विदेश बसाइका क्रममा हुनसक्ने दुर्घटना र जाँच गरी हराएका ब्यागेज र राहदानी, यात्रामा ढिलाइ, अपहरण जस्ता घटनाबाट हुने सम्भावित क्षतिको भरण गर्छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकका सेवासँग ट्राभल बिमा सेवाको समायोजनले ग्राहकका सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन नबिल बैंक सक्षम हुने बताए । ‘यसले विदेश यात्रा गर्ने व्यक्तिलाई सुरक्षित र सुविधाजनक यात्राका लागि बिमाको महत्वबारे सजग गराउन पनि मद्दत गर्नेछ,’ उनले भने, ‘यो सेवाका लागि प्रभु इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा ज्यादै हर्षित छौं ।’

नयाँ प्रविधि अनुशरण गर्न र नवीन वस्तु तथा सेवाको विस्तार गर्न नबिल बैंक अग्रस्थानमा रहँदै आएको छ । बिमा योजना तुरुन्त जारी गर्ने सेवासँगै समाजलाई केही नौलो सेवा प्रदान गर्ने क्रममा नबिल बैंकले अर्को अध्याय थपेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु