गृहपृष्ठ अमेरिका समर्थित खाडी देश आक्रमणको जिम्मेवार : इरान
अमेरिका समर्थित खाडी देश आक्रमणको जिम्मेवार : इरान
इराकको एहवाज सहरमा सैनिक परेड चलिरहँदा भएको गोली प्रहारको घटनामा अमेरिका समर्थित खाडी देशहरु जिम्मेवार रहेको इरानले आरोप लगाएको छ ।
इरानी सर्वाच्च नेता अयातुल्लाह अलि खामेनीले अमेरिकी कठपुतलीहरुले इरानमा असुरक्षाको स्थिति निम्त्याएको आरोप लगाएका छन् । विदेशमन्त्री जवाद जारिफले पनि आक्रमणकारीलाई विदेशी शक्तिले सहयोग गरेको अभिव्यक्ति दिएका छन् ।
शनिबार परेड खेलिरहेका सैनिक लक्षित गोलीकाण्डमा चार वर्षीया एक बालिकासहित २५ जनाको मृत्यु भएको थियो । आक्रमण सुरु हुनेवित्तिकै सुरक्षाकर्मीको जवाफी कारबाहीमा चार जना आक्रमणकारीको ज्यान गएको थियो ।
घटनाको जिम्मा इस्लामिक स्टेट (आईएस) र सरकार विरोधी अरब समूह एहवाज नेशनल रिजिस्टेन्सले लिएका थिए । आक्रमणपछि नेदरल्यान्डस्, बेलायत र डेनमार्कका राजदुतसँग इरानले विपक्षी समूहहरूलाई समर्थन गरेको भन्दै स्पष्टिकरणसमेत लिएको छ ।
प्रकाशित समय १६:४५ बजे

















