गृहपृष्ठ सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

Nepal-Share-Market-newskarobar

सेयर बजार सामान्य अंकले बढेको छ ।

नेप्से परिसूचक आइतबार २.६१ अंकले बढेर २५७.६८ बिन्दुमा पुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अंकले बढेर २६६.९१ बिन्दुमा पुगेको छ । बजारमा सामान्साय सुधार अाउँदासमेत कारोबारमा भने बृद्धि भएको छ ।

कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता सेयर ६९ करोड ३६ लाख ६१ हजार २५६ रुपैयाँमा कारोबार भएको छ । ५ उपसमूहको सेयर ओरालो लाग्दा ६ उपसमूहको सेयर भने बढेको छ । बैंकतर्फ ८.८४, व्यापार ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत् ६.३९ र वित्त क्षेत्र २.४३ अंकले बढेको छ ।

निर्जीवन बिमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ अंकले घटेको छ ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु