गृहपृष्ठ भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

म्याग्दी रघुगंगा गाउँपालिका–६, कोटगाउँस्थित ढाडेगौडाको भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । बिहीबार राति भीरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याई परीक्षण गरेर आज आफन्तको जिम्मा लगाइएको पनि उनले जानकारी दिए । (रासस)

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु