गृहपृष्ठ एक शताब्दीपछि टाइटानिकको पुनरागमन हुने

एक शताब्दीपछि टाइटानिकको पुनरागमन हुने

सन् २०२२ मा पहिलो यात्रा गर्ने

बहु प्रतिक्षित पानि जहाज टाइटानिक आफ्नो पहिलो यात्राकै क्रममा दुर्घटनाग्रस्त भयो । करिब १०० वर्ष पुरानो उक्त घटना यस्तो थियो कि त्यसको सम्झना आजसम्म पनि मानिसहरुको मनबाट हटिसकेको छैन ।

बहुप्रतिक्षित उक्त जहाज पहिलो यात्राका क्रममा सन् १९१२ मा पहिलोपटक यात्रामा निस्किएको टाइटानिक सोही यात्राका क्रममा हिउँको ढिक्को (आइसबर्ग)मा ठक्कर खाएर दुर्घटना भएको थियो । सोही घटनालाई आधार बनाएर ‘टाइटानिक’ चलचित्र पनि निर्माण गरिएको थियो । उक्त चलचित्रको चार्म आजसम्म पनि घटेको छैन ।

सोही कारण हुनुपर्छ सामुद्रिक यात्राका लागि टाइटानिक नामकै अर्काे जहाजको निर्माण भइरहेको छ । नयाँ बन्न लागेको टाइटानिक जहाजको आकार पहिलेकै टाइटानिकको जत्रो हुनेछ । त्यतिमात्र होइन नयाँ र पुरानो टाइटानिकका धेरै फिचरहरु समान हुनेछन् । यद्यपी केहीमा समयानुकुल सुधार गरिने भएको छ ।

सन् २०२२ मा सामुद्रिक यात्रामा जाने गरी निर्माण गरिन लागिएको नयाँ टाइटानिक त्यही रुटबाट यात्रा गराउने तयारी गरिएको छ जुन रुटबाट १९१२ मा टाइटानिक गएको थियो । टाइटानिकमा २४०० यात्रु र जहाजका कर्मचारी ९०० रहेकामा नयाँ टाइटानिकमा पनि त्यतिनै रहने व्यवस्था मिलाइएको छ ।

नयाँ बन्न लागेको टाइटानिक क्याबिन देखि लिएर तमाम कुरामा पुरानो टाइटानिकसँग समान हुने गरी डिजाइन गरिएको छ । यद्यपी यसको सुरक्षासँग जोडिएका विषयमा परिवर्तन गरिएको छ भने यसमा प्रयोग हुने लाइफ बोट्सको संख्या वृद्धि गरिएको छ । यसमा सुधार गरिएको सेफ्टी फिचरले आइसबर्गको बारेमा धेरै पहिलेनै जानकारी मिल्नेछ ।

अस्ट्रेलियन कम्पनी ब्लु स्टारले चीनमा बनाइरहेको भनिएको यो जहाजको निर्माण आर्थिक विवादका कारण लामो समयसम्म अड्किएको थियो । कुल ५०० मिलियन डलरको लागतमा यो जहाजको निर्माण भइरहेको जनाइएको छ । दुबईदेखि इंग्ल्यान्डको साउथेम्पटन तथा त्यहाँबाट अमेरिकाको न्युयोर्क यसको रुट हुनेछ । अर्का तर्फ यसको टिकट बुकिङको बन्दोबस्त पनि उसैगरी मिलाइएको छ जसरी पहिले टाइटानिकको हुन्थ्यो ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु