गृहपृष्ठ अमेरिकाको पिटसबर्गमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

अमेरिकाको पिटसबर्गमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

pittsburgh-shooting

अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या गरेका छन् । गोली लागेर थप ६ जना घाइते भएका छन् ।

यहुदिहरुको बसोबास रहेको स्क्विरिल हिल क्षेत्रमा आक्रमण भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्सले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली प्रहार भएको हो । समाचारमा जनाइएअनुसार यहुदीहरुको पूजास्थल ट्रि अफ लाइफ सिनगोंगमा आक्रमणकारी रोबर्ट असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु