गृहपृष्ठ अमेरिकामा यहूदी धर्मस्थलमा आक्रमण, ११ जनाको मृत्यु
अमेरिकामा यहूदी धर्मस्थलमा आक्रमण, ११ जनाको मृत्यु
अमेरिकाको पेन्सिलवेनिया प्रान्तको पीट्सबर्ग क्षेत्रस्थित यहूदी धर्मस्थलमा एक बन्दुकधारीलाई गोली चलाएका छन् । बीबीसीका अनुसार उक्त क्षेत्रमा शनिबार विहान दस बजे गोलाबारी भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स भएको अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार गोली लागेर ११ जनाको मृत्यु पुष्टि भएको छ भने दुईजनाको अवस्था चिन्ताजनक छ ।
घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुले आक्रमणलाई ‘हेट क्राइम’को संज्ञा दिएका छन् । यहूदी विरोधी विचारविरुद्ध संघर्ष गरिरहेको एक गैर–सरकारी संस्था एन्टी–डिफेमिशन लीले भनेको छ, ‘अमेरिकी इतिहासमा यहूदिहरुमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।’
निशाना बनाइएको धर्मस्थलको ट्री अफ लाइफको आधिकारिक वेबसाइटका अनुसार जुन समयमा आक्रमण भएको थियो, त्यो बेला प्रार्थना चलिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यहूदी अमेरिकीमाथि भएको आक्रमणपछि पूरै अमेरिकाको संवेदना पीडितहरुका लागि रहेको बताएका छन् ।
प्रकाशित समय १०:०८ बजे

















