गृहपृष्ठ बाबु सिपाही छोरा एसपी, एकै ठाउँमा पोस्टिङ
बाबु सिपाही छोरा एसपी, एकै ठाउँमा पोस्टिङ
सुरक्षा निकायमा कडा अनुशासन हुन्छ । त्यहाँ तल्लो दर्जाका कर्मचारीले आफूभन्दा माथिल्लो दर्जामा कार्यरत कर्मचारीलाई स्यालुट (सलाम) गर्नुपर्छ ।
एउटा पिताले सदैव आफ्नो छोरालाई आशिर्वाद दिन्छन् । तर, अब एक पिताले आफ्नो छोरालाई स्यालुट गर्नुपर्ने भएको छ । यस्तै भएको छ भारतस्थित उत्तर प्रदेशको राजधानी लखनउमा । जहाँ पिता प्रहरीको कँन्सटेबल पदमा कार्यरत छन् भने उनका छोरा आइपिएस अफिसर बनेर सोही ठाउँमा आएका छन् ।
आइपिएस अफिसर अनुप कुमार सिंहको ट्रन्सफर लखनउमा भएको छ, जहाँ उनका पिता जनार्दन सिंह कन्सटेबल पदमा कार्यरत छन् । यससँगै जनार्दनले अब आफ्नै छोरा अनुपको कमाण्डमा काम गर्नुपर्ने भएको छ ।
त्यहाँस्थित अखबारहरुले यसमा पिता जनार्दनले गर्व गरेको उल्लेख गरेका छन् । ‘म ड्युटीको समयमा कमाण्डरलाई स्यालुट गर्नेछु,’ जनार्दनलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।
उता आइपिएस अनुप सिंहले पनि ‘आफूले बाबुबाट कर्तव्य र संस्कार सिकेको’ प्रतिक्रिया दिएका छन् । यसअघि अनुप गाजियावद, नोयडा तथा उन्नावमा एउसपी रहीसकेका थिए ।
प्रकाशित समय १३:१० बजे

















