गृहपृष्ठ नेकपा स्थायी समिति बैठक सर्ने

नेकपा स्थायी समिति बैठक सर्ने

nekapaa-newskarobar

सोमबार र मंगलबारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सर्ने भएको छ । तयारी नपुगेको र अरु विभिन्न कारणले बैठक सर्न लागेको नेताहरुले बताएका छन् ।

गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले काम नटुंग्याएका कारण बैठक सर्ने सचिवालय सदस्यहरु बताउँछन् । ‘कार्यदलले काम नटुंग्याएकाले स्थायी कमिटीको बैठक सर्छ,’ नेता योगेश भट्टराईले न्यूज कारोबारसँग भने ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएकाले कार्यदललाई शीर्ष नेताहरुले काम सक्न दबाव दिन पाएका छैनन् । बिहीबार बसेको सचिवालय बैठकले नेताद्वय बादल र पौडेललाई प्रदेशको नामावली तयार पार्न र केन्द्रीय सदस्यको कार्यविभाजनको खाका तयार पार्ने जिम्मा दिएको थियो ।

सो कार्यदलले खाका तयार पारिनसकेको बताइएको छ । त्यस्तै, नेकपाका केही स्थायी समिति सदस्यहरु विदेश भ्रमणमा छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ र रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा छन् । त्यस्तै, गृहमन्त्री बादल पनि सोमबार मुलुक बाहिर जाने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

विधानतः तीन महिनामा बस्नुपर्ने नेकपाको स्थायी समिति बैठक ४ महिनायता बस्न सकेको छैन । पछिल्लो पटक असार २१ गते बैठक बसेको थियो ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु