गृहपृष्ठ आगामी ६ वर्षमा गर्भवती महिलाले अन्तरिक्षमा बच्चा जन्माउने
आगामी ६ वर्षमा गर्भवती महिलाले अन्तरिक्षमा बच्चा जन्माउने
यसरी पठाइनेछ गर्भवती महिलालाई अन्तरिक्षमा
आगामी ६ वर्षमा गर्भवति महिलाले अन्तरिक्षमा बच्चा जन्माउन सक्नेछिन् । नेदरल्यान्डको एक कम्पनी स्पेसलाइफ ओरिजिनले बनाएको यो योजना सफल भएमा सन् २०२४ सम्ममा पृथ्वीभन्दा करिब ४०० किलोमिटर टाढा गर्भवति महिलाले बच्चा जन्माउन सक्नेछिन् ।
डेली मेलको रिपोर्ट अनुसार गर्भवति महिलालाई रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइने छ । समाचारमा के पनि जनाइएको छ भने कम्पनीले यस्ती महिलाको नाम मागेको छ, जो आँफै अगाडि आउन चाहान्छिन् । तर, यसमा शर्त राखिएको छ, ति महिलाले यसअघि सामान्य तबरबाट बच्चा जन्माएको हुनुपर्नेछ । ‘मिसन क्रेडल’ नाम दिइएको यो मिसन ३६ घण्टा लामो हुने जनाइएको छ ।

कम्पनीले पृथ्वीभन्दा दोस्रो ग्रहमा बच्चा जन्माउने मानिसको विचारलाई अघि लैजानु यो मिसनको लक्ष्य भएको जनाएको छ । कम्पनीका अनुसार बच्चाको लागि यो एउटा सानो कदम भए पनि मानव जातीका लागि भने ठूलो हुनेछ ।
कम्पनीको योजना अनुसार प्रसवका लागि महिलालाई कम रेडियसन हुने अरबिट (अक्ष)मा लगिनेछ । यसो गर्दा उनको एक्सपोजर कम भन्दा कम हुन सकोस् भन्ने अपेक्षा राखिएको छ । यसका लागि २५ महिलाको चयन गरिनेछ र त्यस मध्येमा एक जनालाई यो मौका मिल्नेछ ।
यतिमात्र नभई मिसनअन्तर्गत स्वस्थ प्रसवका लागि अत्याधुनिक चिकित्सा उपकरण एवं संशाधनद्वारा लैस यस्तो अन्तरिक्ष यान तयार गरिनेछ, जो शुन्य गुरुत्वाकर्षको दुस्प्रभावबाट बचाउन सक्षम होस् ।

प्रकाशित समय १४:०० बजे

















