गृहपृष्ठ सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा वार्ता भएको छ ।

लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।

‘राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी गर्याै, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,’ ट्रम्पले ट्विट गरेका छन् ।

उनले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताए ।

जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ । (रासस)

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु